यसपालिको दरबारमार्ग महोत्सव वैशाख ३ मा आयोजना हुँदै, महोत्सवको मुख्य प्रयोजन एनसेलले गर्ने



२०७८ चैत्र १६ गते २१:०९ | Mar 30, 2022


यसपालिको दरबारमार्ग महोत्सव वैशाख ३ मा आयोजना हुँदै, महोत्सवको मुख्य प्रयोजन एनसेलले गर्ने


काठमाडौं। राजधानीको दरबारमार्गमा आगामी वैशाख ३ मा दरबारमार्ग महोत्सव आयोजना हुने भएको छ। 

Tata
Global Ime

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डको संयुक्त आयोजना महोत्सव आयोजना हुन लागेको हो।

नेपाली नयाँ वर्षको अवसरमा हरेक साल वैशाख पहिलो साता आयोजना हुँदै आएको महोत्सवको यो १५औं संस्करण हो। 

महोत्सव आयोजनाका लागि निजीक्षेत्रको दूरसंचार सेवा प्रदायक एनसेलले मुख्य प्रायोजन गर्ने जनाइएको छ। 

महोत्सवको अघिल्लो संस्करण गत वर्ष वैशाख १ मा आयोजना भएको थियो। जसमा फेमिली, फुड, इन्टरटेन्मेन्ट लगायत विभिन्न सेगमेन्टहरु रहँदै आएका छन्।