
काठमाडौं। देशभर एकै महिना ८५ हजार फाइबर इन्टरनेट ग्राहक थपिएका छन्। मंसिरमा १६ लाख ८७ हजार ६८० रहेका फाइबर इन्टरनेट ग्राहक पुसमा थपिएर १७ लाख ७२ हजार ६८३ पुगेको नेपाल दूरसंचार प्राधिकरणले जनाएको छ।
वर्ल्डलिंकले एक महिनामै २३ हजार ६७९ फाइबर इन्टरनेट ग्राहक थपेको छ। मंसिरमा वर्ल्डलिंकसँग पाँच लाख ६२ हजार ५४६ ग्राहक रहेकोमा पुसमा थपिएर पाँच लाख ८६ हजार २२५ पुगेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार क्लासिक टेकले पुसमा ६ हजार ८८५ फाइबर इन्टरनेट ग्राहक थपेको छ। मंसिरमा क्लासिक टेकसँग एक लाख ९४ हजार ६६३ फाइबर इन्टरनेट ग्राहक रहेकोमा पुसमा बढेर दुई लाख एक हजार ५४८ पुगेको छ।
सुबिसुले पुसमा ६ हजार ७४२ फाइबर इन्टरनेट ग्राहक थप्न सफल भएको छ। मंसिरमा दुई लाख १९ हजार २८७ फाइबर इन्टरनेट ग्राहक रहेकोमा पुसमा बढेर दुई लाख २६ हजार २९ पुगेको तथ्यांक प्राधिकरणको छ।
नेपाल टेलिकमले पुसमा ६ हजार २६१ फाइबर इन्टरनेट ग्राहक थपेको छ। मंसिरमा टेलिकमसँग एक लाख ५९ हजार १५४ फाइबर इन्टरनेट ग्राहक रहेकोमा पुसमा एक लाख ६५ हजार ४१५ पुर्याएको प्राधिकरणले जनाएको छ।
यस्तै, भायनेटले एकैमहिना तीन हजार ७२७ फाइबर इन्टरनेट ग्राहक थपेको छ। मंसिरमा भायनेटसँग एक लाख ५८ हजार ६५० फाइबर इन्टरनेट ग्राहक रहेकोमा पुसमा बढेर एक लाख ६२ हजार ३७७ पुगेको प्राधिकरणले जनाएको छ।