एलन मस्कले किने ट्‍वीटरको ९.२ प्रतिशत सेयर, बने ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी



२०७८ चैत्र २२ गते १३:१६ | Apr 5, 2022


एलन मस्कले किने ट्‍वीटरको ९.२ प्रतिशत सेयर, बने ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी



काठमाडौं। ट्‍वीटरको ९.२ प्रतिशत सेयर धनाढ्य एलन मस्कले किनेका छन्। मस्कले ट्‍वीटरको सेयर खरिद गरेसँगै सोमबार न्यूयोर्क ट्रेडिङमा ट्‍वीटरको सेयर मूल्य २७ प्रतिशतले बढेको थियो।

Tata
Global Ime

टेस्लाका प्रमुख कार्यकारी अधिकृतले ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर किनेका हुन्। उक्त सेयरको मूल्य शुक्रबार २ अर्ब ८९ करोड अमेरिका डलर थियो।    

सेयर खरिदसँगै मस्क ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी बनेका छन्। ट्‍वीटरका संस्थापक ज्याक डोर्सेसँग २.२५ प्रतिशत सेयर छ। मस्कसँग उनीभन्दा चार गुणा बढी सेयर पुगेको छ। 

मस्कसँग आठ करोड फलोअर्स छन्। उनले केही दिन अघि नयाँ सामाजिक सञ्जाल निर्माण गर्ने प्रतिक्रिया दिएका थिए।