
काठमाडौं। नयाँ वर्ष २०७९ को अवसरमा एनसेलले आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ। अफरहरु आइतबारबाटै संचालनमा आएको कम्पनीले जनाएको छ। न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकहरुले सात र २८ दिन समयसीमा रहेका विभिन्न प्याकहरु किन्न सक्नेछन्।
प्याकअनुसार अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, यूट्युब प्रयोग गर्न सोसल मिडिया प्याक पाउने बताइएको छ।
कम्बो प्याक अन्तर्गत सात दिनको समयसीमा रहेको प्याक करसहित ९६ रुपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ। यस प्याकमा बण्डल गरिएको एक जीबी अलटाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिने १०० मिनेट अलनेट टक टाइम पाइने बताइएको छ।
त्यस्तै, १६८ रुपैयाँमा ५ जीबी अलटाइम डेटा र १०० मिनेट अलनेट टक टाइम रहेको अर्को ७ दिने प्याक १६८ रुपैयाँमा पाइने एनसेलले जनाएको छ। ग्राहकका लागि २८ दिन समयसीमा रहेको प्याक पनि रहेको छ। जस अन्तर्गत ग्राहकहरुले २९८ रुपैयाँमा २.५ जीबी डेटासँगै २५० मिनेट अलनेट टक टाइमको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। यो प्याक सुचारु गर्न इच्छुक ग्राहकले *१७१२३*१# डायल गरी प्याक सुचारु गर्न सक्ने बताइएको छ।
कम्बो प्याकअन्तर्गत नै विशेष प्रिपेड ग्राहकहरुलाई धेरै डेटा भोलुमसहित २८ दिन समयसीमा रहेको अन्य दुई प्याकहरु पनि रहेका छन्। ७९८ रुपैयाँमा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन एक जीबी डेटासहित नन् स्टप अन नेट कल सुविधा (५००० मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रही), ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्ने बताइएको छ।
यस्तै २८ दिने प्याकको अर्को योजनामा ग्राहकहरुले ९९८ रुपैयाँमा हरेक दिन २ जीबी डेटा २८ दिनसम्म, एनसेल नेटवर्क भित्र नन् स्टप कल सुविधा, १०० मिनेट अफ नेट टक टाइम र २०० वटा अल नेट एसएमएस पाउने कम्पनीले जनाएको छ।
यसका साथै रिचार्ज योजनामा ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्न सक्छन्। ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकहरुले एक दिनको समयसीमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्नेछन्।
त्यस्तैगरी, १०० देखि १९९ रुपैयाँको रिचार्जमा ग्राहकले तीन दिनको समयसीमा रहेको २०० एमबी सोसल प्याक र २०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा ग्राहकहरुले सात दिनको समयसीमा रहेको ५०० एमबी सोसल प्याक पाउने कम्पनीले जनाएको छ। रिचार्ज योजना १५ दिनको लागि मान्य हुने बताइएको छ।