दुईपटक स्थगित भएको क्यान इन्फोटेक मेला वैशाख ७ देखि हुँदै, आइएमई पे मुख्य प्रायोजक



२०७८ चैत्र २८ गते १८:५५ | Apr 11, 2022


दुईपटक स्थगित भएको क्यान इन्फोटेक मेला वैशाख ७ देखि हुँदै, आइएमई पे मुख्य प्रायोजक


काठमाडौं। आगामी वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिन आयोजना हुने आईएमई पे क्यान इन्फोटेक २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ।

Tata
Global Ime

क्यान इन्फोटेकको २७औं संस्करण यसअघि कोभिड–१९ नियन्त्रण गर्न सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो। 

विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने भएको आयोजकले जनाएको छ। 

२७औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आइएमई पेले गरेको आयोजकले जनाएको छ। यसपटकको इन्फोटेक पेपरलेस एवम् क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिने भएको छ। जसमा प्रवेश शुल्क एक रुपैयाँ तोकिएको छ।