टेलिकमको टावरमा खराबी आउँदा दुई दिनदेखि जाजरकोटसहित तीन जिल्लाको सञ्चार सेवा अवरुद्ध



२०७८ चैत्र २९ गते ११:५९ | Apr 12, 2022


टेलिकमको टावरमा खराबी आउँदा दुई दिनदेखि जाजरकोटसहित तीन जिल्लाको सञ्चार सेवा अवरुद्ध


जाजरकोट। रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ।

Tata
Global Ime

दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।

टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले प्राविधिकसहितको टोली आज पठाउने काम सुरु गरेको जनाएको छ। सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्रही मर्कामा परेका छन्।

जाजरकोट पूर्वमा टेलिफोन टावर सञ्चालमा रहँदा पनि राम्रोसँग काम नगर्ने, आवाज नबुझिने र बीच-बीचमै काटिने समस्या रहेको नलगाड नगर प्रमुख टेकबहादुर रावलले बताए।