सूचनाप्रविधि मेला क्यान इन्फोटेक भृकुटी मण्डपमा आजबाट, टिकट शुल्क एक रुपैयाँ मात्रै



२०७९ बैशाख ७ गते १०:३७ | Apr 20, 2022


सूचनाप्रविधि मेला क्यान इन्फोटेक भृकुटी मण्डपमा आजबाट, टिकट शुल्क एक रुपैयाँ मात्रै



काठमाडौं। सूचना प्रविधि मेला आइएमई पे क्यान इन्फोटेक मेला बुधबार सुरु भएको छ। भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने मेलामा सूचना प्रविधिका सामाग्री प्रदर्शनी र बिक्रीमा रहने छ।  

Tata
Global Ime

मेलामा अवलोकनकर्ताले सूचनाप्रविधिमा नेपाली बजारमा आएका सामाग्री हेर्न-बुझ्न र खरिद गर्न पाउने छन्। क्यान इन्फोटेकको २७औं संस्करण यसअघि कोभिड-१९ नियन्त्रण गर्न सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै दुईपटक स्थगित भएको थियो। 

विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने भएको आयोजकले जनाएको छ। 

२७औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आइएमई पेले गरेको आयोजकले जनाएको छ। यसपटकको इन्फोटेक पेपरलेस एवम् क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिने भएको छ। जसमा प्रवेश शुल्क एक रुपैयाँ तोकिएको छ।