नेटफ्लिक्सका ग्राहक १० वर्षमा पहिलो पटक घटे, थप २० लाख सब्स्क्राइबर घट्ने प्रक्षेपण



२०७९ बैशाख ७ गते १२:१५ | Apr 20, 2022


नेटफ्लिक्सका ग्राहक १० वर्षमा पहिलो पटक घटे, थप २० लाख सब्स्क्राइबर घट्ने प्रक्षेपण


काठमाडौं। नेटफिल्क्सको सब्स्क्राइबर संख्या पछिल्लो १० वर्षमा पहिलोपटक घटेको छ। जायन्ट स्ट्रिमिङ कम्पनीले पछिल्लो १०० दिनमा मात्रै २ लाख बढी ग्राहक गुमाएको छ।

Tata
Global Ime

अमेरिका, बेलायत लगायतका आफ्नो मुख्य बजार रहेको देशमा ‘स्ट्रिमिङ कस्ट’ (मूल्य) बढाएपछि नेटफ्लिक्सको ग्राहक संख्या घटेको हो। यस्तै, युक्रेनमाथि आक्रमण गरेपछि रसियामा स्ट्रिमिङ बन्द गर्नाले पनि कम्पनीको ग्राहक संख्या घटेको हो। रसियामा सेवा बन्द गर्दा ७ लाख ग्राहक प्रभावित भएका छन्। यस्तै, सेवाको मूल्य बढाएसँगै अमेरिका र क्यानडाबाट ६ लाख ग्राहकले सेवा नवीकरण गरेनन्। 

नेटफ्लिक्सले आउने समय थप ग्राहक घट्ने प्रक्षेपण गरेको छ। पासवर्ड सेयरिङका कारण पनि ग्राहक संख्यामा कमी आएको नेटफ्लिक्सको दाबी छ।

जुलाइसम्म थप २० लाख ग्राहक घट्ने भनेर नेटफ्लिक्सले आफ्ना लगानीकर्तालाई सचेत गराइसकेको छ। कोरोना भाइरस महामारीको समयमा नेटफ्लिक्सको ग्राहक संख्या ह्वात्तै बढेको थियो। हाल पनि नेटफ्लिक्सका २२ करोड सब्स्क्राइबर छन्।