
काठमाडौं। नयाँ वर्ष २०७९ को अवसरमा एनसेलले आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याक ल्याएको छ।
योजना वैशाख ५ गतेबाट संचालनमा आएको एनसेलले जनाएको छ। योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित २५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक उपयोग गर्न सक्ने छन्।
बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकहरुबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ।
डे कम्बो प्याक अन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम (अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) पाउने बताइएको छ। ग्राहकले *१७११८*१# वा *१७१२३*२# डायल गरी प्याक सुचारु गर्न सक्ने एनसेलले जनाएको छ। त्यस्तै एनसेल प्रयोगकर्ताहरुले मोबाइल एपबाट पनि प्याक सुचारु गर्न सक्ने बताइएको छ।
बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक २५ रुपैयाँमा पाउने एनसेलले जनाएको छ। प्रिपेड ग्राहकहरुले *१७११८*१*६# डायल गरी प्याक किन्न सक्ने बताइएको छ।
सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवा प्रदान गर्ने आफ्नो प्रतिवद्घता अनुरुप एनसेलले यी आकर्षक कम्बो प्याकहरु ल्याएको जनाएको छ।