
काठमाडौं। दरबारमार्गको हार्ड रक क्याफेमा संगीतप्रेमीहरुले इन्डोनेसियन म्यूजिकल ब्यान्ड ‘स्वीट नाइटमेयर’ को प्रस्तुति हेर्न पाउने भएको छन्।
विश्वका ६८ देशका २५३ सहरहरुमा फैलिएको हार्ड रक क्याफेका विभिन्न चेनहरुमा साँगितिक प्रस्तुति दिँदै आएको स्वीट नाइटमेयरले दरबारमार्गमा आफ्नो प्रस्तुति दिन सुरु गरिसकेको छ। ब्यान्डले संसारभरका गीतहरुको कभर विश्वका विभिन्न हार्ड रक क्याफेसहित पाँच तारे होटलहरुमा प्रस्तुत गर्दै आएको छ।
अप्रिल १२ देखि जुन ९ सम्म साप्ताहिक रुपमा हरेक मंगलबारदेखि आइतबार राति आठ बजेपछि स्वीट नाइटमेयरले दरबारमार्गमा साँगितिक प्रस्तुति दिने हार्ड रक क्याफेले जनाएको छ।
ब्यान्डले यसअघि हार्ड रक क्याफे जकार्ता, हार्ड रक क्याफे हङकङ, हार्ड रक क्याफे हो ची मिन्ह सिटी भियतनाम, हार्ड रक होटल माल्दिभ्स, हार्ड रक होटल सेन्जेन चीन, हार्ड रक होटल मकाउ र जे दब्ल मरिओत्त, होटल क्वालालम्पुर र सांग्रिला पेनाङ मलेसिया जस्ता पाँच तारे होटेलहरूमा आफ्नो प्रस्तुती दिइसकेका छन्।
ब्यान्डको लाइनअपमा पुरुष गायकतर्फ स्टेरी क्रिस्टोफोरस पालित, महिला गायकतर्फ डिन लिलियन वेरीशा युलियाना, बेसिस्ट एको सहबुद्दीन, गितारमा आदि नुरवेन्डा र ड्रममा जोय येहेजकिएल सिमांगुनसोङ जस्ता बहुप्रतिभाशाली रक संगीतकर्मीहरु रहने हार्ड रक क्याफेले जनाएको छ।
पाँच संगीतकर्मीहरुको समूहले आर एण्ड बी, डान्स पप, कन्ट्री, हिपहप, ब्लूज रक, पप रक, ग्रन्ज, अल्टरनेटिभ रक, साइकडेलिक रक, ग्लाम रक र कन्टेम्पोररी मेटल भाइब्स विधाका संगीतहरु समायोजन गरी प्रस्तुती दिने बताइएको छ।