
काठमाडौं। भारतीय प्रविधि कम्पनी एक्यूफिटले विभिन्न रेन्जका स्मार्ट वाच र स्मार्ट ब्याण्ड नेपाली बजारमा ल्याएको छ। डब्लू नाइन बीटी कलिङ स्मार्टवाचले स्मार्टफोन बिना नै थुप्रै कामहरु गर्न सघाउ पुर्याउने कम्पनीले जनाएको छ।
यसमा मुटुको चाल, रगतमा अक्सिजन जानकारी दिने तथा क्यालोरी काउन्टजस्ता स्वास्थ्यसम्बन्धी फिचरहरु छन्। एक्यूफिटका स्मार्ट वाचहरु अधिकांश फिटनेसतर्फ केन्द्रित छन्। यसबाहेक यी डिभाइसमार्फत् फोन, मेसेज, सामाजिक सञ्जाल तथा मौसमसम्बन्ध अपडेट पाउन सकिने कम्पनीले जनाएको छ।
यसमा रहेको ब्लूटूथ ५ ले स्मार्टफोनसँग समन्वय गरी यसमा रहेको इन-बिल्ट स्पीकरमार्फत् कलिङको सुविधा उपलब्ध गराएको छ। यसबाहेक आफ्ना सबै कन्ट्याक्ट तथा कल रेकर्ड वाचमै रहने र कसरत गरिरहेका बेला पनि स्मार्टफोनमा नछोई वाचमार्फत् नै कल रिसिभ गर्न सकिन्छ।
एक्यूफिट डब्लू नाइनमा थ्रीडी कर्भ्ड स्क्रीन, जिंक-म्याग्नेसियम एलोय बडी तथा राम्रो टच फङसन भएको डिस्प्ले दिइएको छ।
यसको २४०x२४० पिक्सेलको १.३३ एचडी आईपीएस डिस्प्ले वाटर रेजिस्टेन्ट तथा आईपी६७ डस्टप्रूफ सर्टिफिकेसनसहितको छ।
एक्यूफिट डब्लु नाइनको ब्याट्री २८० एमएएचको भएको र यसमा उच्च स्तरको चिपसेट प्रयोग गरिएकाले एक पटकको चार्जमा ७ देखि १० दिन ब्याकअप रहनेछ भने ३० दिनको स्ट्याण्डबाइ तथा २ दिन लगातार ब्लूटूथ कलिङ गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। एक्यूफिट डब्लु नाइनको मूल्य ७,४९९ रुपैयाँ छ।