नयाँ उद्यम र व्यवसायको प्रवर्द्धन गर्न ‘रिभ्याम्प नेपाल’ हुँदै, ५० भन्दा बढी कम्पनी सहभागी हुने



२०७९ बैशाख १६ गते १३:३५ | Apr 29, 2022


नयाँ उद्यम र व्यवसायको प्रवर्द्धन गर्न ‘रिभ्याम्प नेपाल’ हुँदै, ५० भन्दा बढी कम्पनी सहभागी हुने


काठमाडौं। रिभ्याम्प नेपालको तेस्रो संस्करण यही शनिबार आयोजना हुँदैछ। ठमेलको छाया सेन्टरमा हुने उक्त कार्यक्रममा ५० भन्दा बढी उद्यम-व्यवसायहरुको सहभागिता रहने आयोजकले जनाएको छ।

Tata
Global Ime

फाइब्रो नेपाल र आइडिया जार डिजिटलले संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा नेपाली व्यवसायिक क्षेत्रमा हाल सक्रिय रहेका नयाँ उद्यम र व्यवसायहरु तथा प्रमुख व्यापारिक संस्थाहरूको संलग्नता हुनेछ।

यसअघि, महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानलाई प्रेरित गर्न मद्दत गर्ने उद्देश्यले गत वर्ष फेब्रुअरी र अगस्टमा भर्चुअल रूपमा रिभ्याम्प नेपाल इभेन्टको दोस्रो संस्करण आयोजना गरिएको थियो।

यस कार्यक्रमबाट सहभागीहरूलाई प्रत्यक्ष रुपमा सम्भावित ग्राहक तथा साझेदारसँग अन्तरक्रिया गरी आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्न मद्दत पुग्ने आयोजकको अपेक्षा छ।