एचआर मिटको एक्सिलेन्सी अवार्डबाट नबिल बैंक सम्मानित, इम्प्लोयरबाट एनसेललाई सम्मान



२०७९ बैशाख १८ गते ०९:१३ | May 1, 2022


एचआर मिटको एक्सिलेन्सी अवार्डबाट नबिल बैंक सम्मानित, इम्प्लोयरबाट एनसेललाई सम्मान


काठमाडौं। हरेक वर्ष आयोजना हुँदै आएको ‘एचआर मिट’ सम्मेलनबाट यसपाली सात ओटा विधामामा अवार्ड प्रदान गरिएको छ।

Tata
Global Ime

नेशनल एचआर एक्सिलेन्सी अवार्ड-२०२२ बाट नबिल बैंकले पाएको छ। एक्सिलेन्स इन एचआर इन्भोभेसन एण्ड टेक्नोलोजी अवार्ड-२०२२ बाट युनिलिभर नेपालले पाएको छ।

इम्प्लोइ एक्सिपेरियन्स अवार्डबाट डावर नेपाल, लर्निङ एण्ड डभेलपमेन्ट अवार्डबाट नेपाल फर्मास्युटिकल्स ल्याबोरोटरी प्रालि सम्मानित भएको छ।

इण्डस्ट्रियल रिलेसन्स अवार्डबाटबाट रिलायन्स स्पिनिङ्स मिल्स लिमिटेड र इम्प्लोयर ब्राण्ड अवार्डबाट एनसेल आजियाटा लिमिटेड सम्मानित भएको छ। ब्यक्तितगतर्फत लिडरसिप अवार्डबाट शशिन जोशी सम्मानित भएका छन्।

हरेक वर्ष २००८ देखि अवार्ड दिँइँदै आएको छ। यो १४ संस्करण हो। यसपाली दुई दिने सम्मेलन आयोजन गरिएको थियो। यसको उद्घाटन डा. भगवान कोइरालाले गरेका थिए। कार्यक्रममा बिभिन्न सेसनहरु सञ्चालन गरिएको थियो।