
काठमाडौं। वैशाख १९ गते मनाइने चौथो राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस२०७९ को अवसरमा नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस अफर ल्याएको छ।
टेलिकमले अनलिमिटेड डेटा र भ्वाइससहितको कम्बो प्याक, डेटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने जनाएको छ। यो अफर वैशाख १८ देखि २४ सम्म उपलब्ध हुनेछ।
अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक ९८ रुपैयाँमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ। त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक ९९ रुपैयाँमा उपलब्ध हुँदै आएमा दिवसको अवसरमा ५० प्रतिशत छुटसहित ४९ रुपैयाँमा उपलब्ध हुने टेलिकमले जनाएको छ।
यसका साथै २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जिबीको डेटा प्याक र पाँच सय रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा चार दिनसम्म प्रयोग गर्न सकिने दुई जीबी डेटा प्याक उपलब्ध हुने बताइएको छ।