यसवर्ष हिमाल आरोहणका लागि आवेदन दिनेहरु बढे, सबैभन्दा धेरै आरोही सगरमाथा जाँदै



२०७९ बैशाख १९ गते १२:१४ | May 2, 2022


यसवर्ष हिमाल आरोहणका लागि आवेदन दिनेहरु बढे, सबैभन्दा धेरै आरोही सगरमाथा जाँदै


काठमाडौं। हिमाल आरोहणका लागि आवदेन दिने पर्यटकको संख्या वृद्धि भएको छ। पर्यटन विभागको विवरण अनुसार गत अप्रिल २९ सम्म  नेपालका २५ वटा हिमालको आरोहणका लागि अनुमति दिइएको छ।

Tata
Global Ime

दिइएको कुल २५ वटा आरोहण स्वीकृतिमध्ये सगरमाथा आरोहण गर्ने पर्यटकको संख्या अत्यधिक रहेको विभागले जनाएको छ। सगरमाथा आरोहणका लागि ३९ वटा टोलीले स्वीकृति पाएका छन्। जसमा २ सय ४३ जना पुरुष र ७३ जना महिला गरी जम्मा ३ सय १६ जना आरोहीको सहभागिता छ।

विभिन्न आरोहणबाट सरकारले पौने ४७ करोड रुपैयाँ रोयल्टी संकलन गरेको छ। यसमध्ये साढे ३९ करोड रुपैयाँ सगरमाथाबाट मात्रै उठेको विभागले जनाएको छ।

हिमाल आरोहण अर्थात एक्सपिडिसनको सिजन मानिने मार्च-अप्रिलमा पर्यटकको आगमन वृद्धि भएको विभागले जनाएको छ। विभागका अनुसार यो अवधिमा आमादब्लम, अन्नपूर्ण-१, अन्नपूर्ण-२, वरुणत्से, भेमदाङरी, धौलागिरी, गंगापूर्ण, हिमलुङ, कञ्चनजंघा, खानचुङ, ल्होत्से, मकालु, मनास्लु, मुकोट, नोर्वु, नुप्से, फुकाङ, पोखरकाङ, पुठा हिउँचुली, रत्नचुली, सगरमाथा, सारीबुङ, सौला, थापा पिक, उर्कमाङ लगायत हिमाल आरोहणका लागि स्वीकृति दिइएको छ।

आरोहणका लागि युरोप, अमेरिकालगायत विभिन्न पश्चिमा मुलुकका पर्यटकहरुको आगमन भएको विभागले जनाएको छ।

यस्तो छ पर्यटन विभागको तथ्यांक