निक्षेप तथा कर्जा सुरक्षा कोषले सीइओ पदमा आवेदन माग्यो, आवेदकका लागि यस्ता छन् योग्यता



२०७९ जेठ ४ गते १०:१७ | May 18, 2022


काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षा कोषले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदका लागि आवेदन माग गरेको छ। प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि सरकारले  गठन गरेको छनोट तथा सिफारिस समितिले आवेदनको सूचना प्रकाशित गरेको हो।

Tata
Global Ime

उक्त पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ। आवेदक मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानुन, लेखा, बैंकिङ वा बीमा व्यवसायमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने उल्लेख छ। सूचना अनुसार चार्टर्ड एकाउन्टेन्टले पनि यो प्रतिस्पर्धामा भाग लिन सक्नेछन्।     

आवेदकसँग आर्थिक, बैंकिङ तथा वित्तीय क्षेत्रमा कम्तिमा अधिकृत द्वितिय श्रेणी वा सो सरहको पदमा कम्तिमा पाँच वर्ष काम गरेको अनुभव हुनुपर्नेछ। आवेदक निक्षेप तथा कर्जा कोष ऐन, २०७३ को दफा ९(ग) बमोजिम अयोग्य साबित नभएको हुनु पर्नेछ बताइएको छ। 

योग्य आवेदकले आगामी जेठ २१ गतेसम्म गोप्य सिलबन्दी आवेदन पेस गर्न सक्नेछन्। छनोट समितिले योग्य उम्मेदवारबाट उत्कृष्ट तीन जनाको नाम सरकार समक्ष सिफारिस गर्ने जनाएको छ।