
काठमाडौं। नेपाल टेलिकमको फोरजी ग्राहक संख्या एक करोड नाघेको छ। गत चैतसम्मको विवरण अनुसार टेलिकमको फोरजी ग्राहक संख्या एक करोड चार लाख २१ हजार ९७६ पुगेको छ।
चैतसम्ममा कम्पनीको थ्रीजी ग्राहक संख्या ९४ लाख ८२ हजार ५८० रहेको छ। समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता दुई करोड २० लाख ९१ हजार ७८५ रहेको र बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक रहेको टेलिकमले जनाएको छ।
२०७८ फागुनमा फोरजी ग्राहक संख्या ९८ लाख ९३ हजार ८७४ र थ्रीजी ग्राहक संख्या ९९ लाख ४३ हजार ७२९ थियो।
टेलिकमले नेपालमा नै पहिलोपटक २०७३ पुस १७ गतेबाट काठमाडौं र पोखराबाट सुरु गरेको फोरजी/एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गर्दै लगेको छ।