दबङ टुर रिलोडेडका लागि ग्यापुको आकर्षक अफर, घरमै टिकट डेलिभरीको व्यवस्था



२०७९ जेठ ८ गते १५:३३ | May 22, 2022


दबङ टुर रिलोडेडका लागि ग्यापुको आकर्षक अफर, घरमै टिकट डेलिभरीको व्यवस्था


काठमाडौ। इ-कमर्स प्लाटफर्म ग्यापु मार्केट प्लेसले ‘दबङ टुर रिलोडेड’ कन्सर्टअन्तर्गत आकर्षक अफर सार्वजनिक गरेको छ। यस  कार्यक्रमको टिकट किन्दा  ग्राहकले होम डेलिभरीको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

Tata
Global Ime

ग्राहकले ग्यापुको आधिकारीक वेबसाइट 'gyapu.com' मार्फत सहजै प्रि-बुकिङ गर्न सक्ने जानकारी दिएको छ। कम्पनीका अनुसार भारतीय अभिनेता सलमान खानको उपस्थिती रहने कार्यक्रमका लागि कुल ३५ हजार सिट तोकिएको छ ।

कम्पनीले जारी गरेको विवरण अनुसार टिकटको मूल्य पाँच हजार, १० हजार, १५ हजार र २५ हजार रहेको छ।

ग्राहकले टिकट बुकिङ गरेपछि अनलाइन र अफलाइन दुबै तरिकाबाट पैसा तिर्न मिल्ने सुविधा रहेको जनाइएको छ।

दबङ टुर रिलोडेड  मे २८ तारिखमा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ। कार्यक्रममा भारतीय अभिनेता सलमान खानसँगै अन्य भारतीय कलाकारको समुह आउने छन्। नेपाली कलाकारको पनि उपस्थिती रहने  कार्यक्रममा  नृत्य तथा गीतसंगीतको प्रस्तुति रहेको  आयोजकले जनाएका छन्।