महालक्ष्मी कर्पोरेट लिगमा आइसीएफसी फाइनान्स बिजेता, दोस्रोमा प्राइम, तेस्रोमा बन्यो कामना



२०७९ जेठ १९ गते ११:५२ | Jun 2, 2022


महालक्ष्मी कर्पोरेट लिगमा आइसीएफसी फाइनान्स बिजेता, दोस्रोमा प्राइम, तेस्रोमा बन्यो कामना


काठमाडौं। महालक्ष्मी विकास बैंकले आयोजना गरेको महालक्ष्मी कर्पोरेट लिगका बिजेतालाई पुरस्कार वितरण गरिएको छ। बैंकको २८औं वार्षिकोत्सवको अवसर पारेर क्रिकेट प्रतियोगिता भएको थियो।

Tata
Global Ime

जेठ १३ देखि १५ गतेसम्म इमाडोलको बलपार्क इन्डोर क्रिकेटमा गरिएको प्रतियोगितामा आइसीएफसी फाइनान्स प्रथम भएको थियो। प्रतियोगितामा प्राइम बैंक दोस्रो र कामना सेवा विकास बैंक तेस्रो भएको थियो। बिजेतालाई राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बमबहादुर मिश्रले संयुक्त रुपमा ट्रफी र मेडल वितरण गरेका थिए।

प्रतियोगितामा उत्कृष्ट फिल्डर आइसीएफसी फाइनान्सका सुरज तिमिल्सिना, उत्कृष्ट विकेट किपर मुक्तिनाथ विकास बैंकका मनिष सिंह, उत्कृष्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका हेमन्तकुमार श्रीबास्तव र उत्कृष्ट खेलाडी प्राइम बैंकका कितार्थ शाक्यलाई ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा डेपुटी गभर्नर मिश्रले सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाबीच भाइचारा र आत्मियता बढाउने बताए। बैंकका अध्यक्ष उपाध्यायले खेलमा जीत र हार स्वभाविक प्रक्रिया भएको बताउँदै खेलले सामूहिक निर्णय गरेर अगाडि बढ्न सहयोग पुर्‍याउने बताए।