इलेक्ट्रिकल डिभाइसहरुमा एकै प्रकारको युएसबी प्रयोगमा ल्याउन इयु सहमत, २०२४ देखि टाइप-सी चार्जर



२०७९ जेठ २५ गते ११:५१ | Jun 8, 2022


इलेक्ट्रिकल डिभाइसहरुमा एकै प्रकारको युएसबी प्रयोगमा ल्याउन इयु सहमत, २०२४ देखि टाइप-सी चार्जर



काठमाडौं। युरोपियन युनियन सन् २०२४ देखि सबै नयाँ पोर्टेबल इलेक्ट्रोनिक डिभाइसहरुमा अनिवार्य युएसबी टाइप-सी चार्जर प्रयोग गर्न सहमत भएको छ। 

Tata
Global Ime

यसको मतलब अब अधिकांश विद्युतीय डिभाइसमा एउटै चार्जर प्रयोग गर्न मिल्ने छ। पछिल्लो समय बजार भित्रिएका एन्ड्रोइड डिभाइसहरुमा टाइप-सी चार्जर भए पनि एप्पलका प्रडक्टहरु आइफोन र आइप्याडमा त्यो सपोर्ट गर्दैन। अहिले भइरहेका डिभाइसहरुमा भने नयाँ नियम लागू नहुने बताइएको छ। 

सहमतिलाई अब युरोपेली संसद र मन्त्रिपरिषद्ले औपचारिक रुपमा अनुमोदन गरेपछि प्रकाशित गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

युरोपेली युनियनका अनुसार नयाँ नियम मोबाइल फोन, ट्याबलेट, हेडफोन/हेडसेट, ह्यान्डहेल्ड भिडियो गेम कन्सोल्स र पोर्टेबल स्पिकरमा लागू हुनेछ। 

यी डिभाइसहरु जुन कम्पनीले उत्पादन गरिपनि अनिवार्य युएसबी टाइप-सी पोर्टबाट चार्ज गर्न मिल्ने हुनुपर्ने बताइएको छ। 

युरोपेली युनियनका अनुसार उपभोक्ताहरुको अनावश्यक चार्जर खरिद खर्च २५ करोड युरो (३३ अर्ब २० करोड रुपैयाँ) जोगिने जनाएको छ। साथै, चार्जरबाट उत्पादन हुने ११ हजार टन फोहोरमा कटौती हुने युरोपेली युनियनले जनाएको छ।