संचार मन्त्रीसहितको टोली युगान्डामा, २०२५ सम्म डिजिटल नेपाल फ्रेमवर्कले तोकेको काम सक्ने दाबी



२०७९ जेठ २७ गते १७:०७ | Jun 10, 2022


संचार मन्त्रीसहितको टोली युगान्डामा, २०२५ सम्म डिजिटल नेपाल फ्रेमवर्कले तोकेको काम सक्ने दाबी


काठमाडौं। संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सन् २०२५ सम्म डिजिटल नेपाल फ्रेमवर्कको अवधारणाअनुरुप सबै काम सक्ने बताएका छन्। 
अन्तर्राष्ट्रिय दूरसंचार संघ र रुवान्डा सरकारको संयुक्त आयोजना किगालीमा भइरहेको विश्व दूरसंचार विकास सम्मेलनमा मन्त्री कार्कीले उक्त भनाइ राखेका हुन्। 

Tata
Global Ime

नेपाल सरकारले भौगोलिक कठिनाइका बाबजुद दूरदराजका सबै स्थानलाई दूरसंचारको संजालमा जोडिसक्ने प्रतिबद्धता मन्त्री कार्कीले व्यक्त गरेका छन्। 

सम्मेलनका दौरानमा मन्त्री कार्कीले जापान, अमेरिका, चीन, लिथवानीया र अजरबैजानका समकक्षी तथा विशिष्ट सहभागीहरुसँग भेटघाट गरेको संचार मन्त्रालयले जनाएको छ। दूरसञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा दुई पक्षीय हित र सहयोगका सम्बन्धमा छलफल भएको बताइएको छ। 

यस्तै, अन्तर्राष्ट्रिय दूरसंचार संघको एसिया र प्यासेफिक क्षेत्रका क्षेत्रीय निर्देशकसँगको छलफलमा क्षेत्रीय निर्देशकले नेपाललाई विपद् व्यवस्थापनमा अत्यावश्यक इमर्जेन्सी कम्युनिकेसन तथा इ-वेस्ट व्यवस्थापन लगायतका विषयमा सहयोग उपलब्ध गराउने सम्बन्धमा सकारात्मक धारणा व्यक्त गरेका छन्। 

भ्रमण टोलीमा संचार मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंह, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र नेपाल दूरसंचार प्राधिरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा सहभागी छन्।