भारतबाट सामान चोरी गरी ल्याएर काठमाडौंमा बिक्री गर्ने चार जनाविरुद्ध मुद्दा, ९ करोड बिगो माग



२०७९ जेठ ३० गते १२:३८ | Jun 13, 2022


भारतबाट सामान चोरी गरी ल्याएर काठमाडौंमा बिक्री गर्ने चार जनाविरुद्ध मुद्दा, ९ करोड बिगो माग


काठमाडौं। भारतबाट सामान चोरी गरी काठमाडौंमा बिक्री गर्ने गरेको आरोपमा चार जनालाई कारबाही सिफारिस भएको छ। राजस्व अनुसन्धान विभागले नसिपदिन मियाँ, शंकरप्रसाद आचार्य, रेखा जैसवाल र आशिष सिंहलाई कारबाही सिफारिस गरेको हो। 

Tata
Global Ime

विभागले उनीहरुविरुद्ध ९ करोड बिगो माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। भारतबाट विभिन्न सामान राजस्व छली नेपाल ल्याई बिक्री गरेको आरोप विभागले लगाएको छ।

यस्तै उनीहरुले आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) पनि छली गरेको दाबी विभागको छ। आरोपितमध्ये आचार्य मालिका ढुवानी सेवाका संचालक हुन्।

उनले चोरी गरी ल्याइएको मालसामान रिटेल व्यापारीको नाममा नक्कली बिल बनाई ढुवानी गर्ने गरेको आरोप छ। यस्तै जैसवाल न्यू मनकामना सप्लायर्सका सञ्चालक हुन्। उनीमाथि पनि सोही प्रकारको आरोप छ। विभागका अनुसार सिंहले भारतबाट मालसामान पठाउन सहयोग गर्ने गरेका थिए।