नागरिक एपमा पुन: जोडियो सवारीचालक अनुमतिपत्र, अब स्वास्थ्य बीमा नवीकरण र शुल्क तिर्न मिल्ने



२०७९ जेठ ३१ गते २०:२९ | Jun 14, 2022


नागरिक एपमा पुन: जोडियो सवारीचालक अनुमतिपत्र, अब स्वास्थ्य बीमा नवीकरण र शुल्क तिर्न मिल्ने


काठमाडौं। नागरिक एपमा सवारीचालक अनुमतिपत्र पुन: एकीकृत भएको छ। यसअघि पनि लाइसेन्स एकीकृत भएकोमा प्राविधिक समस्या देखिएको पछि एपबाट हटेको थियो। 

Tata
Global Ime

अब भने सवारीचालक अनुमतिपत्र नागरिक एपमा लिंक गर्न र लाइसेन्सको डिजिटल प्रोटोटाइप हेर्न सक्ने नागरिक एपले जनाएको छ। 

नागरिक एपबाटै नयाँ सवारीचालक अनुमतिपत्रको आवेदन र नवीकरण सेवा थप्ने तयारी भइरहेको छ। नागरिक एप प्रयोगकर्ताहरुले एप अपडेट गरी थपिएको सेवा लिन सक्ने छन्। 

साथै, सम्भवतः बुधबारदेखि स्वास्थ्य बीमा लिएर नागरिकहरूले नवीकरण गर्न र बीमा शुल्कसमेत नागरिक एपबाट तिर्न सक्ने छन्।