२०२० पछि पहिलोपटक बिटक्वाइन २० हजार डलरभन्दा तल ओर्लियो, सर्वाधिक विन्दुबाट ७०% झर्‍यो मूल्य



२०७९ असार ५ गते १०:०४ | Jun 19, 2022


२०२० पछि पहिलोपटक बिटक्वाइन २० हजार डलरभन्दा तल ओर्लियो, सर्वाधिक विन्दुबाट ७०% झर्‍यो मूल्य



काठमाडौं। क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य २०२० पछि पहिलोपटक २० हजार अमेरिकी डलरभन्दा कममा झरेको छ।

Tata
Global Ime

लोकप्रिय क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य नौ प्रतिशतले घटेर १९ हजार अमेरिकी डलरमा झरेको कोइनडेस्कले जनाएको छ। 

२०२० नोभेम्बरमा बिटक्ववाइनको मूल्य अहिलेकै हाराहारीमा थियो। त्यसपछि नै बिटक्वाइन सर्वाधिक मूल्य करिब ६९ हजार डलरमा पुगेको थियो। सर्वाधिक विन्दुको तुलनामा अहिले बिटकोइनको मूल्य ७० प्रतिशतले घटिसकेको छ। 

अर्को क्रिप्टोकरेन्सी इथेरियमको मूल्य पनि पछिल्लो समय घट्दै गएको छ। क्रिप्टोकरेन्सीको कारोबार नेपालमा गैरकानूनी र अवैध मानिन्छ।