आइएमई पेबाट हवाई टिकट काट्दा ‘क्यास ब्याक’, मंगलबार र बुधबार एक घण्टा ३ सय रुपैयाँ बोनस पाइने



२०७९ असार ८ गते १८:३३ | Jun 22, 2022


आइएमई पेबाट हवाई टिकट काट्दा ‘क्यास ब्याक’, मंगलबार र बुधबार एक घण्टा ३ सय रुपैयाँ बोनस पाइने


काठमाडौं। आइएमई पेले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ। साताको दुई दिन हवाई टिकट काट्दा नगद छूट दिने भएको हो।

Tata
Global Ime

‘उच्च तापक्रममा उच्चतम छुट’ नामक ‘फ्ल्यास सेल’ किसिमको अफर मार्फत यात्रुहरुले मंगलबार र शनिबारको दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक उच्च क्यासब्याकको साथै थप तीन सय रुपैयाँ बोनस पाइने आइएमई पेले जनाएको छ।  

साधारणतया अरु वालेट एपहरु भन्दा बढी क्यासब्याक दिइरहेको आइएमई पेले यस अफर अवधि भरि हप्ताको दुई दिन (मंगलबार र शनिबार) केबल एक घण्टाको लागि सो अफर मार्फत थप तीन सय रुपैयाँ बोनस यात्रुहरुलाई प्रदान गर्ने कम्पनीले प्रष्टाएको छ । 

असार ७ गतेदेखि सुरु भएको योअफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा बोनस पाइने कम्पनीले जनाएको छ।