एससीटी र मोरुबीच स्मार्ट क्यूआर भुक्तानी सेवा दिन सम्झौता, पाँच लाख मोरु प्रयोगकर्ता लाभान्वित



२०७९ असार ८ गते १८:३८ | Jun 22, 2022


एससीटी र मोरुबीच स्मार्ट क्यूआर भुक्तानी सेवा दिन सम्झौता, पाँच लाख मोरु प्रयोगकर्ता लाभान्वित


काठमाडौं। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति पाएको स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआर भुक्तानी सेवा संचालनका लागि सम्झौता भएको छ। 

Tata
Global Ime

सम्झौताले मुलुकको डिजिटल भुक्तानी विकासमा थप योगदान पुग्ने एससीटीले जनाएको छ। सम्झौतासँगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले एक लाख ६० हजार स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्ने बताइएको छ।

मोरू वालेट मार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन स्माट क्यूआरको सुविधा लिन सक्ने एससीटीले जनाएको छ। 

एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मोरू वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साहबीच स्मार्ट क्यूआर सेवा संचालन सम्झौतामा हस्ताक्षर भएको छ।