भारतमा पाम तेल सस्तो भएपछि नेपाल तस्करी हुन थाल्यो, १२ सय लिटर तेलसहित चार जना पक्राउ



२०७९ असार १३ गते ०८:०१ | Jun 27, 2022


भारतमा पाम तेल सस्तो भएपछि नेपाल तस्करी हुन थाल्यो, १२ सय लिटर तेलसहित चार जना पक्राउ


वीरगंज। बारा प्रहरीले भारी मात्रामा भन्सार छली गरी तस्करी गरी भित्रिएको १२ सय लिटर पाम तेल बरामद गरेको छ। तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनायो।

Tata
Global Ime

नेपालमा भन्दा भारतमा पाम तेल सस्तो भएपछि तस्करी सुरु भएको छ। 

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं १५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, निजका भाइ वर्ष २० का मैरुद्दीन अन्सारी, कलैया–१७ सुराहीका २१ वर्षीय मुन्ना अन्सारी र बारा, परवानीपुर–१ का २२ वर्षीय संजय महतो छन्।

उनीहरुले भारतीय सीमावर्ती बजारबाट पाम तेल भित्र्याएका हुन्। तेलसहित ना २ च ५२३२ र ना५ च ६१६ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

करिब ३ लाखको पाम तेल र किराना समान प्रहरीले बरामद गरेको हो। बारा प्रहरीले भ्यान, बरामद समान तथा चार जनालाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार पठाउने तयारी गरेको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी गराए।