अब नवलपरासीबाट पनि सवारी नवीकरण र कर बुझाउन मिल्ने, यातायात कार्यालय नवलपरासीको सेवा सुरु



२०७९ असार १४ गते १०:१३ | Jun 28, 2022


अब नवलपरासीबाट पनि सवारी नवीकरण र कर बुझाउन मिल्ने, यातायात कार्यालय नवलपरासीको सेवा सुरु


काठमाडौं। यातायात व्यवस्था कार्यालय नवलपरासीले सवारी कर तथा नवीकरणको सुविधा दिन सेवा सुरु गरेको छ। कार्यालय सूचना जारी गर्दै मंगलबारदेखि नवलपरासीका बासिन्दाले आफ्नै जिल्लाको यातायात व्यवस्था सेवा कार्यालयबाट सवारी दर्ता नवीकरण तथा कर तिर्ने लिन सक्ने जनाएको छ।

Tata
Global Ime

यसअघि नवलपरासीका बासिन्दाले नवीकरण तथा वार्षिक कर बुझाउन पोखराको कार्यालय पुग्नु पर्थ्यो। नयाँ कार्यालयबाट सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण, सवारी कर, पटके बाटो इजाजतपत्र, सवारी जाँचपास, रुट परमिट नवीकरण लगायत सेवाहरु प्रदान गरिने जनाइएको छ।

कार्यालयले सवारी दर्ता नवीकरणका लागि प्रत्येक एक वर्ष वा त्यसपछि ९० दिनभित्र नवीकरण गर्नुपर्ने जनाएको छ। ९० दिनपछि पनि नगरे १०० प्रतिशतका दरले थप बिलम्व दस्तुर समेत तिर्नुपर्ने हुन्छ।

यसैगरी सवारी कर बुझाउने करदाताले प्रत्यक आर्थिक वर्षको चैतसम्म वा दर्ता नवीकरण गर्ने म्याद जुन अघि हुने हुनाले सो म्यादभित्र बुझाउन पनि कार्यालयले आग्रह गरेको छ। पटके बाटो इजाजतपत्र एक हप्ताको लागि मात्र प्रदान गरिने जनाइएको छ। 

रुट परमिट नवीकरणको लागि सम्बन्धित सवारी साधनको सवारी जाँचपास, सवारी बिमा र सवारी दर्ता प्रमाणपत्रमा म्याद हुनु अनिवार्य गरेको छ।