इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार पाइने, इसेवा भेरिफाइड हुनुपर्ने शर्त



२०७९ असार १४ गते १९:३४ | Jun 28, 2022


इसेवाबाट मनकामना केबलकारको टिकट काट्दा हिराको हार पाइने, इसेवा भेरिफाइड हुनुपर्ने शर्त



काठमाडौं। इसेवाले मनकामना केबलकारको टिकट काट्दा हिराको हारलगायत थुप्रै पुरस्कार जित्न सकिने योजना ल्याएको छ। योजनाअन्तर्गत मनकामना केबलकारको टिकट काट्दा एकजनाले हिराको हार, एकजनाले आइफोन १३, एकजनाले स्मार्ट टिभी र एकजनाले वासिङ मेसिन जित्न सक्ने इसेवाले जनाएको छ। 

Tata
Global Ime

साउन ३१ गतेसम्म संचालन हुने यस योजनामा विजेता चारजनाले आफूले रोजेको पुरस्कार पाउन सक्ने बताइएको छ। 

बिजेताहरु गोलाप्रथा मार्फत चयन गरिने र योजनामा इसेवा मार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुने इसेवाले जनाएको छ।

योजनामा सहभागी हुन इसेवामा भेरिफाइड (प्रमाणित ) भएको हुनुपर्ने शर्त कम्पनीको छ। अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्नका लागि इसेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्वजनिक गर्दै आएको छ।