सीवाइसी नेपाल लघुवित्तमा रोजगारीको अवसर, विभिन्न पदमा १०१ जना कर्मचारी माग



२०७९ असार १५ गते १०:५० | Jun 29, 2022


सीवाइसी नेपाल लघुवित्तमा रोजगारीको अवसर, विभिन्न पदमा १०१ जना कर्मचारी माग


काठमाडौं। सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले बिभिन्न पदमा कर्मचारी भर्ना लिने भएको छ। लघुवित्तले व्यवस्थापक र अधिकृत तहका विभिन्न पदहरुमा १ सय १ जना कर्मचारीको दरखास्त खुलाएको हो। 

Tata
Global Ime

लघुवित्तले व्यवस्थापकीय तह अन्तर्गत प्रबन्धक (प्रशासन विभाग प्रमुख) एक जना, सहायक प्रबन्धकमा मानव संसाधन व्यवस्थापन विभाग, वित्त विभाग प्रमुख, कर्जा विभाग प्रमुख, कर्जा असुली विभाग प्रमुख, अनुगमन तथा सुपरीवेक्षण विभाग प्रमुख र सूचनाप्रविधि विभाग प्रमुखमा एक/एक गरी सात जनाको माग गरेको छ। 

यस्तै अधिकृत तहमा सामान्य सेवा विभाग प्रमुख एक र सचिवालय प्रमुख एक जनाका लागि दरखास्त माग गरेको छ। यसका साथै प्रदेश प्रमुख अधिकृत ७ जना, अनुगमन अधिकृत १४ जना, सूचनाप्रविधि अधिकृत एक जना, कनिष्ठ अधिकृत २० जना र सहायक प्रशिक्षार्थी ५० जनाका लागि दरखास्त आह्वान गरेको हो। 

इच्छुक तथा योग्यता पुगेका नेपालीले २१ दिन भित्र आवेदन दिन सक्नेछन्। आवेदन फाराम लघुवित्तको वेबसाइटबाट भर्न सकिन्छ। 
आवेदकले काम गर्न चाहेको पद, उमेर, कार्य, अनुभव, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि लगायत कागजात संलग्न गरी फर्म्याटमा  एउटै फाइल बनाई पेस गर्नु पर्नेछ। 

छनोट भएका उम्मेदवारले लघुवित्तले खटाएको जुनसुकै कार्यालयमा रही काम गर्नुपर्ने उल्लेख गरेको छ।