चिनियाँ कम्पनी हुवावेले १० दिनमै नेपालमा तयार गर्‍यो प्रि-फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर



२०७९ असार २० गते १०:५५ | Jul 4, 2022


चिनियाँ कम्पनी हुवावेले १० दिनमै नेपालमा तयार गर्‍यो प्रि-फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर


काठमाडौं। चिनियाँ दूरसंचार उपकरण निर्माता हुवावे १० दिनमै नेपालमा डेटा सेन्टर तयार गरेको छ। तीन तलाको प्रि-फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर १० दिनमा तयार गरिएको हुवावे नेपालले जनाएको छ। 

Tata
Global Ime

हुवावेले २४ वटा प्रि-फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर उक्त अवधिमा निर्माण गरी तयार गरेको जनाएको छ। 

कम्पनीले काठमाडौंको स्वीचाटारमा डेटा सेन्टर निर्माण गरेको हो। 

डेटा आजको दिनमा निकै मूल्यवान स्रोत भएको र लोकलाइजेसन नयाँ ट्रेन्डको रुपमा विकास भइरहेको भन्दै हुवावेले नेपालमा नै डेटा सेन्टर निर्माणलाई प्राथमिकतामा राख्दै आएको थियो।

विभिन्न सार्वजनिक फोरमहरुमा हुवावेका प्रतिनिधिहरुले डेटा सेक्युरिटी एवम् प्राइबेसीलाई बलियो बनाउन डेटा उद्योगमा नेपालले आफ्नो रणनीति एवम् नीति तर्जुमा गर्नुपर्नेमा हुवावेले जोड दिँदै आएको थियो।