
काठमाडौं। दुई दिनमा प्रतितोला ३ हजार रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार तोलाको ९४ हजार ६ सय रुपैयाँमा स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यमा गिरावट आए पनि स्थानीय बजारमा भने घटबढ भएको छैन।
बिहीबार सुन तोलामा १४ सय रुपैयाँले घट्दै प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदी घटेको छ। १० रुपैयाँ घट्दा प्रतितोला ११ सय ७५ रुपैयाँ भएको हो। बिहीबार १० रुपैयाँ बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा क्रमिक गिरावट छ। शुक्रबार सुन प्रतिऔंस १७४२.८७ डलरमा कारोबार भएको छ। चाँदी घटेर प्रतिऔंस १९.२१ डलर भएको छ।
बिहीबार सुन प्रतिऔंस १७४६.८६ डलर र चाँदी १९.३७ डलर थियो।