
वीरगंज। हेटौंडामा सात महिनाअघि खुलेको भाटभटेनी सुपर स्टोरले दैनिक झण्डै ३० लाखभन्दा बढीको कारोबार गरिरहेको छ। आउटलेटकी सहायक प्रबन्धक शर्मिला गुरुङका अनुसार दैनिक १४ सय हाराहारीमा ग्राहक आउने गर्छन्।
हेटौंडाको भाटभटेनीमा हेटौंडा आसपास, मनहरी, लोथर, वीरगंज, बारा, रौतहट, सर्लाही, मकवानपुरका विभिन्न ठाउँका ग्राहकहरु किनमेलका लागि आउने गरेको उनले बताइन्।
वीरगंजबाट किनमेल गर्न जाने ग्राहकहरुलाई सामान नि:शुल्क होम डेलिभरीको सुविधा छ। तर त्यसका लागि ४० हजार रुपैयाँको किनमेल भने गर्नुपर्ने गुरुङले जानकारी दिइन्।
करिब डेढ अर्बको लगानीमा हेटौंडा-भैंसे जोडने सडकखण्ड भित्र यो सुपरस्टोर खुलेको हो। १४ कट्ठा ५ धुर जग्गामा स्टोरको दुईवटा बेसमेन्टसहित आठ तले भवनको कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिट छ।