सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि, आइतबार प्रतितोला ९४ हजार ८ सय, चाँदी पनि बढ्यो



२०७९ असार २६ गते १२:०७ | Jul 10, 2022


सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि, आइतबार प्रतितोला ९४ हजार ८ सय, चाँदी पनि बढ्यो


काठमाडौं। लगातार घटिरहेको सुनको मूल्य पुन : बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ सय रुपैयाँले घटेर बजार मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
Global Ime

गत शुक्रवार सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार १ सय ८५ रुपैयाँ कायम भएको छ। शुक्रवार चाँदी १० रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय ७५ रुपैयाँमा थियो।

अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन प्रतिऔंस १७४२.३४ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९.३२ डलर छ।  शुक्रबार सुन प्रतिऔंस १७४२.८७ डलर र चाँदी घटेर प्रतिऔंस १९.२१ डलर थियो।