सुनको मूल्यमा सामान्य गिरावट, सोमबार प्रतितोला ९४ हजार ७ सय, चाँदी स्थिर



२०७९ असार २७ गते ११:१२ | Jul 11, 2022


सुनको मूल्यमा सामान्य गिरावट, सोमबार प्रतितोला ९४ हजार ७ सय, चाँदी स्थिर


काठमाडौं। सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ। सोमबारका लागि प्रतितोला ९४ हजार ७ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
Global Ime

साताको पहिलो दिन आइतबार सुन २ सय रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ भएको थियो। गत साता सुनको मूल्यमा भारी गिरावट भएको थियो। 

चाँदीको मूल्य सोमबार स्थिर छ। आइतबार १० रुपैयाँ बढ्दा प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य घट्दै गए पनि बजारमा भने कारोबार सामान्य रहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर देखिएको छ। सुन प्रतिऔंस १७४२.३४ डलर र चाँदी प्रतिऔंस १९.३२ डलरमा कारोबार भइरहेको छ।