लगातार तीनदिन घटेपछि सुनको भाउमा वृद्धि, तोलामा ३ सय रुपैयाँले बढ्दा कति पुग्यो मूल्य?



२०७९ असार ३० गते ११:४४ | Jul 14, 2022


लगातार तीनदिन घटेपछि सुनको भाउमा वृद्धि, तोलामा ३ सय रुपैयाँले बढ्दा कति पुग्यो मूल्य?


काठमाडौं। सुनको मूल्य तीन दिनपछि केही बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ३ सय रुपैयाँले बढेको हो। बिहीबारको लागि कारोबार मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Tata
Global Ime

बुधबार सुन तोलाम २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार एक सय ८० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय ७० रुपैयाँ थियो।

अन्तराष्ट्रिय बजारमा सुन १७२६.८९ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९.०६ डलर छ। बुधबार सुन प्रतिऔंस १७२४.७८ डलर र चाँदी १८.९३ डलरमा कारोबार भएको थियो।