गभर्नरलगायतसँग प्रधानमन्त्रीको ‘ब्रेकफास्ट’ बैठक, प्रधानमन्त्रीसँग अर्थतन्त्रका बारेमा छलफल



२०७९ असार ३० गते १४:२६ | Jul 14, 2022


गभर्नरलगायतसँग प्रधानमन्त्रीको ‘ब्रेकफास्ट’ बैठक, प्रधानमन्त्रीसँग अर्थतन्त्रका बारेमा छलफल


काठमाडौं। अर्थमन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बर्तमान आर्थिक अवस्थाका बारेमा सरोकारवाला सरकारी निकायसँग करिव २ घण्टा छलफल गरेका छन्।

Tata
Global Ime

बिहीबार बिहान देउवाले उद्योग तथा बाणिज्य मन्त्री दीलेन्द्रप्रसाद बडु, योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव मधुकुमार मरासिनीलगायतसँग कुराकानी गरेका थिए।

एमालेको विभागीय सदस्यमा रहेको भन्दै आलोचना भइरहेका बेला गभर्नर अधिकारी प्रधानमन्त्रीले डाकेको बैठकमा पुगेकाले यसलाई महत्वका साथ हेरिएको थियो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, बिबादका बिषयमा केही पनि कुराकानी भएन। स्रोतका अनुसार, ब्रेकफास्ट गर्दै आर्थिक क्षेत्रको अवस्थाका बारेमा छलफल गर्ने कार्यक्रम थियो।

'यो अगाडि नै तय भएको कार्यक्रम हो। एजेण्डा नै फरक भएकाले गभर्नरको बिबादित बिषयमा कुराकानी भएन। प्रधानमन्त्रीले अर्थतन्त्रको अवस्था के छ भनेर सबैको कुरा सुन्न खोज्नु भएको हो' स्रोतले भन्यो।

प्रधानमन्त्री देउवालाई वर्तमान आर्थिक अवस्थाका बारेमा राष्ट्र बैंक र अर्थमन्त्रालयले फरक/फरक पावर पोइन्ट प्रिजेन्टेसन दिएका थिए। खासगरी ११ महिनाको अवस्थाका बारेमा जानकारी गराइएको थियो। बाणिज्य मन्त्रालयले आयातको अवस्थाका बारेमा जानकारी गराएको थियो।