सुनचाँदी व्यवसायमैत्री नीति बनाउन सरकार तयार रहेको वाणिज्यमन्त्री बडूको व्यवसायीलाई आश्वासन



२०७९ असार ३० गते १५:२६ | Jul 14, 2022


सुनचाँदी व्यवसायमैत्री नीति बनाउन सरकार तयार रहेको वाणिज्यमन्त्री बडूको व्यवसायीलाई आश्वासन


काठमाडौं। सुनचाँदी व्यवसायलाई अनुकूल हुने गरी आवश्यक नीति बनाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले बताएका छन्। 

Tata
Global Ime

सुनचाँदी व्यवसायीहरुसँगको औपचारिक भेटमा मन्त्री बडूले उनीहरुलाई यस्तो आश्वासन दिएका हुन्। सुनचाँदी व्यवसायको क्षेत्रमा देखिएका विभिन्न समस्याबारे अध्यक्ष शाक्यले मन्त्री बडुलाई जानकारी गराएका थिए।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मन्त्री बडुसँग भेट गरेको थियो। सो क्रममा व्यवसायीहरुले नीतिगत कारणले व्यवसाय संचालनमा प्रतिकूलता रहेको जानकारी गराएका थिए। त्यसको प्रत्युत्तरका क्रममा बडूले आम उपभोक्ता र व्यवसायीहरुको हक अधिकार सुनिश्चित गर्न प्रतिवद्ध भएको बताउँदै यो व्यवसायमैत्री नीतिका लागि सरकार सकारात्मक रहेको बताएका हुन्।

भेटका क्रममा सुनचाँदी व्यवसायीहरुले उठाउँदै आएको सुनचाँदी कारोबार ऐन तर्जुमाका लागि मन्त्रालयका तर्फबाट शिघ्र पहल गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको पनि मन्त्री बडुले जानकारी गराएको भेटमा सहभागि एक व्यवसायीले बताए।

भेटका क्रममा कच्चा पदार्थ आपूर्तिको अवस्था, सुनचाँदीको मूल्य निर्धारण प्रक्रिया, कालिगढको व्यवस्थापन, व्यवसायिक सुरक्षा लगायतका विषयमा छलफल भएको थियो।