केएल दुगड समूहले ल्यायो ज्ञान मखाना, खिरसहित विभिन्न स्वादिष्ट मिठाई र परिकार बनाउन मिल्ने



२०७९ असार ३० गते १७:३१ | Jul 14, 2022


केएल दुगड समूहले ल्यायो ज्ञान मखाना, खिरसहित विभिन्न स्वादिष्ट मिठाई र परिकार बनाउन मिल्ने


काठमाडौं। केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा भित्र्याएको छ। केएल दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि बिक्री गर्दै आएको छ। 

Tata
Global Ime

खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परीक्षण गरी उपभोगको लागि योग्य रहेको कम्पनीले दाबी गरेको छ। लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको बताइएको छ। 

उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिन्छ। मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान पनि सकिने कम्पनीले जनाएको छ। यो खीरसहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न मिल्ने बताइएको छ। 

ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २०० ग्राम प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।