उदयपुर सिमेन्ट उद्योगको अध्यक्ष पदका लागि आवेदन खुला, स्नातक र ५ वर्षको अनुभवी माग



२०७९ असार ३१ गते ११:५३ | Jul 15, 2022


उदयपुर सिमेन्ट उद्योगको अध्यक्ष पदका लागि आवेदन खुला, स्नातक र ५ वर्षको अनुभवी माग


काठमाडौं। सरकारी कम्पनी उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा अध्यक्ष पदका लागि आवेदन खुलेको छ। अध्यक्ष नियुक्ति खुल्ला प्रतिस्पर्धामार्फत गरिने कम्पनीले जनाएको छ।

Tata
Global Ime

उक्त पदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बद्ध सार्वजनिक  निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धि निर्देशिका २०७८, बमोजिम योग्यता तथा अनुभव हुनुपर्ने बताइएको छ।

मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको कार्य अनुभव भएकाले मात्र आवेदन दिन पाउनेछन्।

साथै, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको व्यक्तिले आवेदन दिन मिल्ने जनाइएको छ। ६५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सकिनेछ।

अध्यक्ष पदका लागि योग्यता भएका व्यक्तिले ७ दिनभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलायमा आवदेन दिन सक्ने बताइएको छ।