काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनीहरुलाई कालो सूचीमा राख्न स्पष्टीकरण मागेको छ।
कार्यालयले सोमबार एक सूचना जारी गर्दै उक्त निर्माण कम्पनीले विभिन्न आयोजनाको निर्माण कार्य समयमा सम्पन्न नगरेका कारण उनीहरुलाई कालोसूचीमा राख्नका लागि स्पष्टीकरण माग गरेको हो।
यी निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायहरुबाट लेखि आएको सिफारिसका आधारमा स्पष्टीकरण पेस गर्न ३० दिनको समय उपलब्ध गराउदा समेत नआएपछि यो सूचना जारी गरेको हो।
कालोसूचीमा राख्न सिफारिस गरिएका निर्माण कम्पनीहरु मनन कन्स्ट्रक्सन प्रालि र छथर निर्माण सेवाले सहरी विकास अन्तर्गतको ठेक्कामा निर्माण कार्य समयमा सम्पन्न नगरेको पाइएको छ। यस्तै नश: कन्सर्न, सर्जिमेड डिस्ट्रिब्युटर्स र नेपाल विद्युत प्राधिकरणको सिफारिसमा चाङक्वीङ वाङबियन इलेक्ट्रिक ग्रुप कर्पोरेसन लिमिटेडे छन्।
यी कम्पनीले ७ दिनभित्र स्पष्टीकरण पेस नगरे स्वतः कालोसूचीमा राखिने पनि उक्त सूचनामा उल्लेख छ।