सुन तोलामा ४ सय रुपैयाँ बढ्यो, सोमबार कारोबार मूल्य प्रतितोला ९४ हजार, चाँदीमा झिनो वृद्धि



२०७९ साउन २ गते ११:४२ | Jul 18, 2022


सुन तोलामा ४ सय रुपैयाँ बढ्यो, सोमबार कारोबार मूल्य प्रतितोला ९४ हजार, चाँदीमा झिनो वृद्धि


काठमाडौं। घट्न थालेको सुनको मूल्य पुन: बढेको छ। अघिल्लो दिनको भन्दा तोलामा ४ सय रुपैयाँ बढेको हो। सोमबारका लागि कारोबार मूल्य प्रतितोला ९४ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
Global Ime

साताको पहिलो दिन २ सय रुपैयाँ घट्दा कारोबार मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ थियो।

चाँदीको मूल्य सोमबार तोलामा ५ रुपैयाँ बढेको छ। चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँ भएको छ। गत शुक्रबारका तुलनामा १५ रुपैयाँ बढ्दा आइतबार प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १७१५.३३ डलर र चाँदी १८. ८६ डलरमा कारोबार भइरहेको छ।