वर्षभरीमा नेपाली बजारमा बिक्री भयो ५ हजार किलो सुन, ५३ किलो बाहिर गयो, कुन महिना कति?



२०७९ साउन २ गते १५:४२ | Jul 18, 2022


वर्षभरीमा नेपाली बजारमा बिक्री भयो ५ हजार किलो सुन, ५३ किलो बाहिर गयो, कुन महिना कति?


काठमाडौं। नेपाली अर्थतन्त्रमा एक बर्षमा ५ हजार किलो सुन उपभोग भएको छ। वाणिज्य बैंकहरुमार्फत आएको यो सुन आन्तरिक खपतका लागि प्रयोग भएको हो।

Tata
Global Ime

नेपाल बैंकर्स संघका अनुसार, ५ हजार किलो सुनमध्ये १३३ किलो सुन भने उब्रिएको छ। यो साउनमा बिक्री हुने छ।

बैंकहरुले कुल ५ हजार ५३ किलो सुन भित्र्याएका छन्। यसमध्ये ५३ किलो सुन हस्तकलाका सामग्री निर्माण गरेर विदेशमा निर्यात गर्नका लागि हो। बाँकी ५ हजार किलो सुन भने नेपालमै खपतका लागि ल्याइएको हो।

बैंकहरुले कम्तिमा २०० किलो र अधिकतम ६०० किलोसम्म सुन आयात गरेका थिए। यो मासिक रुपमा गरिएको आयात हो। चैतमा भने बैंकले सुन नै आयात गरेनन्। तर बजारमा अघिल्लो महिनाकै मौज्दातले काम चल्यो। चैतमा २०१.५ किलो सुन बिक्री भएको थियो।

बैंकहरुले नयाँ र पुरानो मौज्दात गरेर एकै महिना ९५१ किलोसम्म सुन बिक्री गरेका छन्। कम्तिमा १७३ किलोसम्म सुन बिक्री भएको छ।

पोहोर साउनमा ९५१ किलो सुन बिक्री भएको थियो। जबकी गत वैशाखमा १७३ किलो मात्र सुन बिक्री भएको थियो।

आयात भएको महिना आयात गरिएको सुन बिक्री भएको सुन स्टक
२०७८ साउन 500 951 51
भदौ 600 495.5 155.5
असोज 600 679.5 76
कात्तिक 500 556 20
मंसिर 600 524 96
पुस 400 364 132
माघ 400 457.5 74.5
फागुन 450 307 217.5
चैत 0 201.5 16
२०७९ बैशाख 200 173 43
जेठ  350 268 125
असार 400 392 133