लाइसेन्सको लागि ट्रायल सेन्टर बनाउन जग्गा खोज्दै प्रदेश सरकार, भाडामा लिएर चलाउने योजना



२०७९ साउन ४ गते ०८:५८ | Jul 20, 2022


लाइसेन्सको लागि ट्रायल सेन्टर बनाउन जग्गा खोज्दै प्रदेश सरकार, भाडामा लिएर चलाउने योजना


काठमाडौं। प्रदेश १ को यातायात व्यवस्था कार्यलय झापाले ट्रायल सेन्टर बनाउन जग्गा खोज्न थालेको छ। कार्यलयले उक्त ट्रायल सेन्टर बनाउन एक बिगाहा जग्गा भाडामा लिने तयारी गरेको हो।

Tata
Global Ime

यसभन्दा अघि भएको ट्रायल सेन्टर सार्नुपर्ने भएकाले अर्को जग्गा भाडामा लिन लागिएको कार्यलयको भनाइ छ। कार्यलयले पुरानो संरचना मर्मत गर्न मन्त्रालयलाई आर्थिक भार पर्ने कारण देखाउँदै निजी व्यवसायीले तयार गरेको संरचनामा ट्रायल दिने प्रक्रिया सुरु गरेको थियो।

हालसम्म निजि ट्रायल सेन्टरबाट सेवा सुविधा दिदै आएको प्रदेस सरकारले अब भने नयाँ आफ्नै ट्रायल सेन्टर बनाउन लागेको हो।

विराटनगरले सवारी चालक अनुमति पत्रका लागि लिइने ट्रायल सेन्टर स्थापनका लागि उक्त कार्यलयलाई जग्गाको व्यवस्थापन गर्न पत्राचार गरेको थियो। सोहीफ बमोजिम यस कार्यलयले ट्रायल सेन्टरको लागि आवश्यक पर्ने जग्गा भाडामा लिनको लागि प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

यसका लागि एक बिगाहा जग्गा हुने व्यक्ति वा संस्थाले कार्यलयले राखेको शर्तको अधिनमा रही प्रस्ताव पेष गर्न सक्नेछन्। प्रस्ताव पेष गर्ने समयावधि १५ दिनको तोकिएको छ। त्यसको लगतै अर्को दिन ट्रायल सेन्टरको लागि जग्गाको टुङ्गो लगाइने पनि कार्यलयको भनाइ छ।

यस ट्रायल सेन्टरको लागि एक बिगाहा जग्गा ३०० फुट लम्बाई र २५० फुट चौडाई भएको हुनुपर्नेछ। यो जग्गा कम्तीमा १० वर्षको लागि कार्यलयले लिजमा लिनेछ। यस बिचमा जग्गा धनिले कुनै कारण देखाइ खाली गराउन पाउने छैन।