
काठमाडौं । सुनको मूल्य बिहीबार घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा एक हजार रुपैयाँले घटेर बजार मूल्य ९३ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार एक सय ५५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलाम ५ रुपैयाँ बढेर प्रतितोला एक हजार एक सय ६५ रुपैयाँ थियो ।
अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १६९२.५९ डलरमा कारोबार भएको छ । चाँदी १८.६१ डलर छ ।