इन्स्टाग्रामले छिट्टै आफ्नो प्लाटफर्ममा भुक्तानी सुविधा उपलब्ध गराउने भएको छ। इन्स्टाग्रामको माउ कम्पनी मेटाले जनाए अनुसार यस सुविधाबाट प्रयोगकर्ताहरूलाई डाइरेक्ट मेसेज गरेरै अर्थात च्याटमार्फत नै साना व्यवसायहरूबाट सामान किन्न सक्नेछन्।
सोही च्याटबाट नै उनीहरूले व्यवसायलाई कुनै पनि फलो-अप प्रश्नहरू सोध्न तथा आफ्नो अर्डरलाई ट्रयाक गर्न सक्ने छन्। यो सुविधासँगै मेटाले आफ्नो ई-कमर्स सुविधा तथा क्षेत्रलाई विस्तार गर्ने भएको छ ।
सन् २०२० को सुरुवातमा, उक्त सामाजिक मिडिया जायन्टले प्रयोगकर्ताहरूलाई फेसबुक र इन्स्टाग्राममा उत्पादनहरू फेला पार्न र किन्नको लागि एक किसिमको रूपमा पसलहरू सुरू गरेको थियो।
इन्स्टाग्रामको नयाँ सुविधाले मेटाको भुक्तानी सेवा, मेटा पेको प्रयोगलाई खरिदहरू गर्न दिने भएको छ। (रोयटर्सबाट साभार)