सुनको मूल्य घट्दो ट्रेन्डमा, तोलाको ९४ हजार २ सय रुपैयाँ कायम, अन्तर्राष्ट्रिय बजारमा पनि घट्यो



२०७९ साउन १० गते १०:५५ | Jul 26, 2022


सुनको मूल्य घट्दो ट्रेन्डमा, तोलाको ९४ हजार २ सय रुपैयाँ कायम, अन्तर्राष्ट्रिय बजारमा पनि घट्यो


काठमाडौं। पहेँलो धातु सुनको मूल्य लगातार घटिरहेको छ। सुनको मूल्य मंगलबार ९४ हजार २ सय रुपैयाँ कायम भएको छ। सोमबार र मंगलबार नै मूल्य घटेको हो।

Tata
Global Ime

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ ९४ हजार ४ सय रुपैयाँ थियो। आइतबार भने सुनको भाउ पाँच सय रुपैयाँ बढेको थियो।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला ११ सय ५० रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला ११ सय ५५ रुपैयाँमा स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य थोरै घटेको छ। सोमबार प्रतिऔंस १७२४.४६ डलर रहेको सुन मंगलबार प्रतिऔंस १७२२.२४ डलरमा कारोबार भइरहेको छ। सोमबार  प्रतिऔंस १८.५६ डलर रहेको चाँदी मंगलबार प्रतिऔंस १८.५२ डलर छ।