सुनको मूल्यमा फेरि गिरावट, बुधबार तोलाको ९४ हजारमा आइपुग्यो, चाँदीमा झिनो बढोत्तरी



२०७९ साउन ११ गते ११:३९ | Jul 27, 2022


सुनको मूल्यमा फेरि गिरावट, बुधबार तोलाको ९४ हजारमा आइपुग्यो, चाँदीमा झिनो बढोत्तरी


काठमाडौं। सुनको मूल्य लगातार घट्न थालेको छ। बुधबार पुन: २ सय रुपैयाँ घट्दा बजार मूल्य प्रतितोला ९४ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
Global Ime

साउन लागेयता सुन यो कारोबार  मूल्यमा आइपुगेको चौथोपटक हो। मंगलबार तोलामा २ सय रुपैयाँ घट्दा ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँले बढेको छ। प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक घट्न थालेपछि प्रभाव स्थानीय बजारमा देखिएको छ। बुधबार सुन प्रतिऔंस १७१८.४८ डलर र चाँदी प्रतिऔंस १८.५९ डलर छ। 

मंगलबार सुन प्रतिऔंस १७२२.२४ डलर र चाँदी १८.५२ डलरमा कारोबार भएको थियो।