सुनको मूल्य तोलामा २ सय बढ्यो, आइतबार प्रतितोला ९५ हजार ८ सय, चाँदीमा पनि वृद्धि 



२०७९ साउन १५ गते ११:१३ | Jul 31, 2022


सुनको मूल्य तोलामा २ सय बढ्यो, आइतबार प्रतितोला ९५ हजार ८ सय, चाँदीमा पनि वृद्धि 


काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि बजार मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
Global Ime

गत शुक्रबार ८ सय रुपैयाँ बढ्दा प्रतितोला ९५ हजार ८ सय रुपैयाँ थियो।

आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। कारोबार मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी तोलामा ३५ रुपैयाँ बढेको थियो। उक्त दिन कारोबार मूल्य प्रतितोला १२ सय २० रुपैयाँ थियो। लामो समयपछि सुनको मूल्य तोलामा १२ सय नाघेको हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य वृद्धि भएको  छ। आइतबार सुन प्रतिऔंस १७६६.१६ डलर छ भने चाँदी २०.३६ डलर छ। गत शुक्रबार सुन प्रतिऔंस १७६३.०१ डलर र चाँदी २०.१२ डलर थियो।