राजेशबाबु श्रेष्ठ विश्व शारीरिक सुगठन संगठन विज्ञान तथा अनुसन्धान समितिको अध्यक्षमा नियुक्त



२०७९ साउन १६ गते १७:३६ | Aug 1, 2022


राजेशबाबु श्रेष्ठ विश्व शारीरिक सुगठन संगठन विज्ञान तथा अनुसन्धान समितिको अध्यक्षमा नियुक्त


काठमाडौं। विश्व शारीरिक सुगठन संगठन विज्ञान तथा अनुसन्धान समितिको अध्यक्षमा व्यवसायी राजेशबाबु श्रेष्ठ नियुक्त भएका छन्।

Tata
Global Ime

नेपाल शारीरिक सुगठनका अध्यक्ष श्रेष्ठलाई विश्व शारीरिक सुगठन संगठनले सोमबार नियुक्ति पत्र दिएको छ। संगठनका अध्यक्ष डाटुक पल चुवाले श्रेष्ठलाई दिएको नियुक्ति पत्रमा आगामी दिनमा शारीरिक सुगठन क्षेत्र प्रवर्द्धनका लागि थप सहकार्य गर्दै जाने उल्लेख गरेका छन्।

डेढ महिनाअघि सरकारले व्यवसायी श्रेष्ठलाई अस्ट्रिया सरकारबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन सिल्भर पदक ग्रहण गर्न स्वीकृति दिएको थियो।

मनकामना केबलकारसँगै चितवन कोइ कन्स्ट्रक्सनमा आबद्ध श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन्।